अपहरण शैलीमा पार्टी प्रवेश गराइयो, म एमालेमै छुः कार्यपालिका सदस्य ताम्राकार – Nepal Press

अपहरण शैलीमा पार्टी प्रवेश गराइयो, म एमालेमै छुः कार्यपालिका सदस्य ताम्राकार

सुर्खेत । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका कार्यपालिका सदस्य धर्मराज ताम्राकारले नेकपा माओवादीका कार्यकर्ताले आफूलाई कात्तिक ६ गते अपहरण शैलीमा जर्वजस्ती पार्टी प्रवेश गरेको घोषणा गराएको भन्दै आपत्ती प्रकट गरेका छन् ।

अहिले एमाले जिल्ला कार्यालय कालिकोटमा रहेका ताम्राकारले नेपालप्रेससँग कुरा गर्दै आफू पहिलेदेखि नै नेकपा एमालेको जिम्मेवार कार्यकर्ता रहेको र एमालेमै रहेको बताए ।

कात्तिक ६ गते मलाई मुख्यमन्त्री कार्यालयको गाडीमा हालेर जर्वजस्ती सिद्धार्थ होटलमा पुर्‍याइयो । त्यहाँ शक्ति बस्नेत लगायतका सँग भेट हुनुपूर्व नै ऐनबहादुर शाही लगायतले खादा र माला लगाइदिएर पार्टी प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा मेरो चरित्र हत्या गरेका छन्,’ ताम्राकारले भने, ‘म पार्टी प्रवेशको कुरा हुने वित्तिकै मुख्यमन्त्री कार्यालयबाट फुत्किने सोचमा थिएँ । मुख्यमन्त्री कार्यालयमा कसरी भाग्नु ?’

उनले आफू एमालेको प्रतिबद्ध कार्यकर्ता भएको बताउँदै अपहरणकारी, जर्वजस्ती गर्नेहरुको दलमा जाने कुने सोच नै नभएको बताए । ‘पार्टी प्रवेश गर्ने भन्ने कुरा मानवीय स्वतन्त्रताको कुरा हो तर सुर्खेत आएको समयमा गृहजिल्लाका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटन जाँदै गर्दा मलाई जुन शैली देखाउँदै पार्टी प्रवेशको नाटक गरियो, त्यो खेद जनक छ,’ उनले भने, ‘अपहरणकै शैलीमा गाडीमा हालेर लैजानु र पार्टी प्रवेश गरेको नाटक गर्नु गलत राजनीतिक संस्कार हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर