नेप्से २७.५१ अंकले बढ्यो, कारोबार रकम न्युन – Nepal Press

नेप्से २७.५१ अंकले बढ्यो, कारोबार रकम न्युन

काठमाडौं । न्युन बिन्दु पुगेर फर्किएको सेयर बजार दोहोरो अंकले बढेको छ । बजार बढेपनि कारोबार रकम न्युन हुँदा लगानीकर्तामा त्यति उत्साह भने देखिएको छैन।

आज नेपाल स्टक एक्सचेन्ज नेप्से २७.५१ अंकले बढेको छ । २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता सेयर किनबेच भएको नेप्सेमा २ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक समेत ७.२४ अंकले बढ्दै ४९०.६८ अंकले बढेको छ । समूहगत परिसुचक तर्फ ब्यापार समूहको सुचाङ्क बाहेक सबै समुहको कारोबार बढेको छ ।

समग्रमा आज बैंक तथा वित्तीय संस्थाका कम्पनीहरुको सेयर कारोबारको प्रभुत्व रहेको देखिन्छ । उत्पादनमुलुक समूहका सुचाङ्क सबैभन्दा धेरै बढेपनि विकास बैंक, माइक्रोफाइनान्स, लघुवित्त र बीमा समूहका कम्पनीको सेयर मूल्य बढेको छ ।

सबैभन्दा धेरै उत्पादनमुलुक समूहको सुचाङ्क १०५५४ अंकले बढेको छ । यसैगरी वित्त कम्पनीको ८९ अंक समुह, विकास बैंक ७२ अंक, जीवन बीमा समुहको ६७ अंक, लघुवित्त समूहको ५४ अंक , जलविद्युत समूहको ६५ अंक, होटल समूहको ४३ अंक र बैंकिङ समूहको ६ अंक सुचाङ्क बढेको छ ।

आज वेस्ट फाइनान्स कम्पनी र रिडि जलविद्यूत कम्पनीको सेयर कारोबारमा १० प्रतिशतले सकारात्मक सर्किट ब्रेक लागेको छ । १५ करोड ९१ लाख रुपैयाँ बराबर सेयर कारोबार गरेको आईसीएफसी फाइनान्स कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर