च्यासल छाडेर हेमन्त थ्री स्टारमा – Nepal Press

च्यासल छाडेर हेमन्त थ्री स्टारमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता टोलीका महत्त्वपूर्ण सदस्य हेमन्त थापा मगर शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न थ्रीस्टारसँग अनुबन्धित भएका छन् ।

ललितपुरको थ्रीस्टारले आइतबार मिडफिल्डर हेमन्तलाई क्लबमा अनुबन्ध गरिएको जनाएको छ । हेमन्तले क्लबसँग दुई वर्षको सम्झौता गरेका हुन् । हेमन्तले थ्रीस्टारमा ७ नम्बरको जर्सी लगाउने छन् । एन्फा एकेडेमीका हेमन्तले राष्ट्रिय टिमबाट यू-१३, यू-१४ र यू-१६ खेलिसकेका छन् ।

गत सिजन हेमन्तले च्यासल युथ क्लबबाट खेलेका थिए । यो सिजन उनले थ्रीस्टार क्लब रोजेका हुन् । २९ कात्तिकबाट सुरु हुने लिगका लागि थ्रीस्टारले यसअघि नै अनन्त तामाङ, आयुष घलान, बिक्रम लामासँग सम्झौता गरिसकेको छ । थ्रीस्टारको प्रशिक्षकमा यसपटक उर्जन महर्जन रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर