अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप अनुदान दिने – Nepal Press

अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप अनुदान दिने

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना महामारीबिरुद्ध १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी दूतावासका अनुसार यो परिमाणको खोप सम्भवत भोलि काठमाडौ आइपुग्नेछ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

यसैबिच स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी गरेको छ । १२ वर्ष भन्दा माथिको उमेर समुहलाई फाइजर खोप लगाउने सरकारको तयारी छ ।

कार्तिक २८ गते देखि फाइजर खोप लगाउने तयारी छ ।


प्रतिक्रिया

One thought on “अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप अनुदान दिने

Leave a Reply to Laleek Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर