सुनको मूल्यमा सामान्य वृद्धि – Nepal Press

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सयले बढेर ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर