गृहनगर झापामा ओलीको यस्तो छ तीन दिने कार्यतालिका – Nepal Press

गृहनगर झापामा ओलीको यस्तो छ तीन दिने कार्यतालिका

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित तीन दिन प्रदेश १ मा रहने भएका छन् ।

एमालेका वडा अधिवेशन सकिएको भोलिपल्ट आइतबार गृहनगर झापा पुगेका ओलीले आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।

भोलि गौरादह नगरपालिका-५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम छ । भोलि नै गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदनाप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन् ।

भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पार्टी नेताहरूसँग छलफल गरेर ओली मंगलबार काठमाडौं फर्कने कार्यतालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर