ट्वान्टी-२० विश्वकपमा भारत र पाकिस्तानको खेल आज – Nepal Press

ट्वान्टी-२० विश्वकपमा भारत र पाकिस्तानको खेल आज

काठमाडाैं । आईसीसी ट्वान्टी–२० विश्वकपमा शनिबारदेखि सुपर–१२ का खेलहरु सुरु भएका छन् । सोही अन्तर्गत आज विश्व क्रिकेटमा सबैभन्दा प्रतिक्षीत भारत र पाकिस्तानबीचको खेल आज छ ।

समूह २ मा रहेका यी टोलीबीचको खेल दुवईमा नेपाली समयअनुसार राती पौने ८ बजेदेखि सुरु हुनेछ । विराट कोहलीको कप्तानीमा भारत पहिलोपल्ट ट्वान्टी–२० विश्वकप जित्ने प्रयासमा छ । पाकिस्तानको कप्तानी बाबर अजमले गरेका छन् ।

कुनै पनि फर्म्याटको क्रिकेट विश्वकपमा पाकिस्तानले भारतलाई हराउन सकेको छैन । त्यसैले पाकिस्तानलाई इतिहास बनाउने अवसर छ ।

आजै हुने पहिलो खेलमा समूह १ का बंगलादेश र श्रीलंका आमनेसामने हुँदैछन् । दुवै टोली पहिलो चरणको प्रतिस्पर्धाबाट छानिएर सुपर १२ मा आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *