ट्वान्टी–२० विश्वकपमा इंग्ल्याण्डको शानदार सुरुआत – Nepal Press

ट्वान्टी–२० विश्वकपमा इंग्ल्याण्डको शानदार सुरुआत

एजेन्सी । साविक विजेता वेष्ट इण्डिजलाई ५५ रनमा अलआउट पारेर ६ विकेटले खेल जित्दै इंग्ल्याण्डले ट्वान्टी–२० विश्वकप क्रिकेटमा आफ्नो प्रभावशाली सुरुआत गरेको छ ।

दुवईमा खेलिएको खेलमा इंग्ल्याण्डको बलिङ प्रदर्शन उत्कृष्ट रह्यो । जसका कारण वेष्ट इण्डिज १४.२ ओभरमै अलआउट हुन पुग्यो । इंग्लिस स्पिनर आदिल रशिदले २ रन खर्चेर ४ विकेट लिए । मोइन अली र तेमाल मिल्सले समान २ विकेट लिए ।

वेष्ट इण्डिजका क्रिश गेलमात्र एकजना यस्ता ब्याट्सम्यान हुन् जसले दोहोरो अंकको रन जोड्न सके । ट्वान्टी–२० मा इंग्ल्याण्डविरुद्ध वेष्ट इण्डिजको यो दोस्रो कम योगफल हो ।

सुपर १२ को समूह १ अन्तर्गत जवाफमा इंग्ल्याण्डले ४ विकेट गुमायो । ट्वान्टी–२० वरीयतामा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले यो जितसँगै उपाधि दावेदारिता पनि प्रस्तुत गरोके छ । ११.४ ओभरमा जित हासिल गर्ने क्रममा इंग्ल्याण्डका जस बटलरले २४ रनको अविजित इनिङ्स खेले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर