हराएका आठ पदयात्री दुई दिनपछि सान्ता भिलेजबाट सम्पर्कमा, हिमपात र पहिरोबाट जोगिन सफल – Nepal Press

हराएका आठ पदयात्री दुई दिनपछि सान्ता भिलेजबाट सम्पर्कमा, हिमपात र पहिरोबाट जोगिन सफल

काठमाडौं । राराबाट डोल्पाको शे फोक्सुन्डो हुँदै जोमसोम निस्कने क्रममा दुई दिनदेखि सम्पर्कविहीन भएका एक इटालियन पदयात्रीसहित आठ जनाको टोली शनिबार साँझ सञ्चार सम्पर्कमा आएका छन् ।

रोयल माउन्टेन ट्रेकबाट गएका ती पदयात्री र सहयोगीहरुको टोली डोल्पाको छार्काबोटबाट सम्पर्कविहीन भएका थिए । अगाडि बढ्ने क्रममा भारी हिमपात र पहिरो आएपछि उनीहरु ज्यान जोगाएर दुई दिनपछि सम्पर्कमा आएको एजेन्सीका प्रबन्ध निर्देशक सुरेशकुमार श्रेष्ठले बताए ।

इटालियन नागरिक गिनो काटिनीसहित क्याम्पिङ टोलीमा तालिमप्राप्त क्लाइम्बिङ सरदारहरु समेत रहेकाले डोरीको सहायताले उनीहरु हिमपहिरोबाट जोगिएर मुस्ताङको सान्ता भिलेज पुगेको श्रेष्ठले बताए ।

करीव ५५ सय मिटर अग्ला पाँच छ वटा हिमाल पास गरेर उनीहरु जोमसोम पुग्दैछन् । दुई दिनसम्म सम्पर्कविहीन भएपछि ट्रेकिङ एजेन्सीले शनिबार नै हेलिकोप्टर पठाउन प्रयास गरे पनि गृह मन्त्रालयले अनुमति दिन ढिला हुँदा हेलिकोप्टर जान सकेको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *