शनिबार ५१३ कोभिड बिरामी थपिए, ८ जनाको मृत्यु – Nepal Press

शनिबार ५१३ कोभिड बिरामी थपिए, ८ जनाको मृत्यु

मुस्ताङ र मुगुमा संक्रमण शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५१३ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६९३१ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ८ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ८१७ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या १० हजार ५५९ पुगेको छ । शनिबार काठमाडौंमा १५०, ललितपुरमा ३९, भक्तपुरमा २४ जना संक्रमित थपिएका छन् ।

मुस्ताङ र मुगु जिल्लामा संक्रमण शून्य छ । काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १४ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा छ ।

पीसीआर परीक्षण गर्दा अहिलेसम्मको संक्रमित संख्या ८ लाख ८ हजार ५३४ पुगेको छ । कूल मृत्यु ११ हजार ३४५ र निको हुने संख्या ७ लाख ८६ हजार पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर