सुर्खेतमा बम विस्फोट, दुई घाईते

२०७८ कार्तिक ६ गते १७:१३

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज वम विस्फोट भएको छ । वीरेन्द्रनगर-७ कटकुवा सामुदायिक वनमा घाँस दाउरा संकलन गर्ने क्रममा वेवारिसे वम विस्फोट हुँदा १४ वर्षीय नरेश नेपाली र गुराँस गाउँपालिका-६ दैलेखका २१ वर्षीय लिला परियार घाईते भएका छन् ।
उनीहरुको देउती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि आँखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए ।
नेपाली सेनाले केही समय पहिले कटकुवा क्षेत्रमा अस्थायी तालिम सञ्चालन गरेकाले सो क्रममा वम छुटेको हुनसक्ने स्थानीयको आशंका छ ।
प्रतिक्रिया
सम्बन्धित खवर