सिंगापुरद्वारा नेपाललाई यात्रा प्रतिबन्धमा फुकुवा, अक्टोबर २६ देखि क्वारेन्टिबिनै प्रवेश पाउने – Nepal Press

सिंगापुरद्वारा नेपाललाई यात्रा प्रतिबन्धमा फुकुवा, अक्टोबर २६ देखि क्वारेन्टिबिनै प्रवेश पाउने

काठमाडौं । सिंगापुरले नेपालसहितका दक्षिण एसियाली मुलुकलाई लगाएको यात्रा प्रतिबन्ध फुकुवा गरेको छ । अक्टोबर २६ मध्यरातदेखि लागू हुने गरी नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमारका पर्यटकले क्वारेन्टिन बिनै सिंगापुर प्रवेश गर्न पाउनेछन् ।

कोभिड-१९ को दोस्रो लहरका कारण सिंगापुरले नेपालबाट लगायतका मुलुकबाट हुने प्रवेशलाई रोक लगाएको थियो । यो घोषणापछि अब नेपाली पर्यटकले सीधै अथवा ट्रान्जिटमार्फत पनि सिंगापुर प्रवेश पाउनेछन् ।

नेपाल लगायतका मुलुकमा कोभिड संक्रमणमा गिरावट आएको भन्दै सिंगापुरले यात्रा खुला गरेको जनाएको छ । क्वारेन्टिन बस्नु नपर्ने भएपनि पीसीआर नेगेटिभको प्रमाणपत्र भने देखाउनुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *