कोइराला नेतृत्वको कांग्रेस टोली आज भारत भ्रमणमा जाँदै


काठमाडौं । कांग्रेस सह-महामन्त्री प्रकाशशरण महत फर्किएको केही दिन नबित्दै महामन्त्री सशांक कोइराला नेतृत्वको टोली आज भारत भ्रमणमा जादैँछ ।
कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालासहितको टोली काठमाडौंदेखि भैरहवा र त्यहाँबाट मुम्बइ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यो टोलीमा कोइरालासहित पूर्वमन्त्रीद्वय दीपक खड्का र दीपक गिरी पनि छन् । मुम्बइमा उपचाररत कांग्रेस नेता कर्मा घलेलाई भेट्ने र फर्किनुअघि दिल्लीमा उपचाररत अर्का कांगे्रेस नेता प्रदीप गिरीलाई समेत भेट्ने जनाइएको छ ।
टोली सोमबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ । दसैंअघि सह-महामन्त्री महत नेतृत्वको टोली बीजेपी विदेश विभागको निम्तोमा भारत भ्रमणमा गएको थियो ।