यथास्थितीमा एमसीसी पास हुनसक्दैन : परराष्ट्रमन्त्री खड्का – Nepal Press

यथास्थितीमा एमसीसी पास हुनसक्दैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यथास्थितीमा अमेरिकी अनुदान सम्झौता (एमसीसी) अनुमोदन हुन नसक्ने बताएका छन् ।

शनिबार बिराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सबै दल र पक्षको साझा सहमतीपछि मात्र एमसीसी पास हुने बताए । सहमती जुटाउन प्रयत्न भैरहेको समेत उनले बताए ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई पास गर्नुपर्ने बताउँदै केही पक्षले बखेडा झिक्ने प्रयास गरिरहेको बताएका थिए । त्यसको केही दिनमै परराष्ट्रमन्त्रीको यस्तो भनाइ आएको हो ।

सो पत्रकार भेटघाटमा मन्त्री खड्काले अर्ली इलेक्सनको सम्भावना समेत नरहेको बताए । सत्तारुढ गठबन्धनको सहमतीपछि मात्र अर्ली इलेक्सनबारे टुंगो लाग्ने उनले बताए ।

प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले गर्ने सम्भावना रहेको बताउँदै उनले प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जानुअघि नै प्रदेश सरकारको नेतृत्वको टुंगो लाग्ने जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर