बाढीपीडितलाई क्षतिपूर्ति दिन सरकारसँग ओलीको माग – Nepal Press

बाढीपीडितलाई क्षतिपूर्ति दिन सरकारसँग ओलीको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट पीडित नागरिकलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

अध्यक्ष ओलीले बेमौसमको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।

शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै ओलीले भने, ‘बाढी पहिरोबाट पिडित जनतालाई क्षतिपूर्ति दिन सरकारले कुनै कञ्जुस्याईं गर्नुहुन्न ।’

उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिएका थिए । ओलीले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर