गलत तत्वहरू बाहिरिएपछि एमाले एकढिक्का भयो: ओली (भिडिओ) – Nepal Press

गलत तत्वहरू बाहिरिएपछि एमाले एकढिक्का भयो: ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खराव तत्वहरू बाहिरएपछि एमाले एकढिक्का बनेको बताएका छन् । प्रचण्ड र माधव नेपालको बहिर्गमनसँगै पार्टी नयाँ ढंगले अघि बढेको उनले बताए ।

देशभर एमालेको वडा अधिवेसनको भर्चुअल उद्घाटन गर्दै उनले विभाजनबाट पार्टीमा सकारात्मक प्रभाव परेको बताएका हुन् ।

ओलीले भने, ‘पार्टी विरोधि गतिविधि गर्ने तत्वहरुको बहिर्गमनपछि सकारात्मक कुरा भनेको अब हामी एक ढिक्का छौं । आपसी तानातान गर्ने र बाहिर पार्टीको बेइज्जति गर्ने खालको प्रवृत्ति अब छैन । यो एउटा खुशीको कुरा हो ।’

हालै ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी गराएर एमालेको विधान अधिवेसन अभूतपूर्व सफलताका साथ सम्पन्न भएको ओलीले बताए । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नै यत्रो ठूलो सभा यति सुव्यवस्थित र उन्नत समझदारीका साथ भएको पहिलो परिघटना भएको उनले दावी गरे ।

सम्वोधनमा ओलीले हालै वर्षा र बाढी-पहिरोका कारण क्षति भोगेका कृषकलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग रेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर