कर्णालीका तीन जना मन्त्रीले १३ कात्तिकमा राजीनामा दिँदै – Nepal Press

कर्णालीका तीन जना मन्त्रीले १३ कात्तिकमा राजीनामा दिँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले कात्तिक १३ गते राजीनामा दिने भएका छन् । तत्कालिन नेकपा एमालेका सांसद रहेका तीन जनाले गएको वैशाख तीन गते कर्णालीका मुख्यमनत्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आगामी कात्तिक १५ गते भन्दा अगावै राजीनामा दिने तयारी गरेका हुन् ।

‘हामी कात्तक १३ गते राजीनामा दिन्छौं,’ ४४ महिना मन्त्री भएका वुढाले नेपालप्रेससँग भने, ‘सायद १२ गते पनि राजीनामा दिन सकिन्छ । यसबारेमा एक दुइ दिनमा अन्य मन्त्रीसँग सल्लाह गर्ने तयारी गरेको छु ।’

तीन जनाले राजीनामाको तयारी गरेसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ मन्त्रीको नाम चयन गर्ने अन्तिम तयारी गरेका छन् ।

‘नयाँ अनुहारका कम्तिमा पाँच जना मन्त्री बन्नेछन् । विन्दमान विष्ट पहिलो रोजाईमा छन् ।’ मुख्यमन्त्री शाही स्रोत भन्छ, ‘उस्तै परे काँग्रेसका तीन, माओवादीका मुख्यमन्त्रीसहित तीन र समाजवादीका दुइ मन्त्री हुने सम्भावना छ ।’

यसबारेमा मुख्यमन्त्री शाहीसँग विहान कुरा गर्न खोज्दा प्रतिक्रिया दिन चाहेनन् । तिनै जना मन्त्री आगामी कात्तिक १४ गते राती १२ बजेपछि पदमुक्त बन्दैछन् । पदमुक्त हुनुभन्दा राजीनामाको बाटो सहज हुने भन्दै मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर