एमाले वडा अधिवेशन: खोटाङमा २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै – Nepal Press

एमाले वडा अधिवेशन: खोटाङमा २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै

खोटाङ । खोटाङमा नेकपा एमालेका २ हजार ४ सय ४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् ।

मुलुकभर शनिबार भइरहेको वडा अधिबेशनअन्तर्गत खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । जिल्लाका सबै वडामा सर्वसम्मत वडाको नेतृत्व टुंग्याइने नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप-सचिवसहित सदस्य चयन गर्ने छन् । आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन लागेको हो ।

प्रतिकूल मौसम तथा कावु बाहिरको अवस्थामा बाहेक वडा अधिवेशन शनिबार सम्पन्न हुने एमालेले जनाएको छ । आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर