स्पेनिस लालिगामा ओसासुना र ग्रानडाको बराबरी – Nepal Press

स्पेनिस लालिगामा ओसासुना र ग्रानडाको बराबरी

काठमाडौं । एन्जेल मोन्टोरोले निर्धारित समयको अन्तिम मिनेटमा गरेको बराबरी गोलसँगै ग्रानडा स्पेनिस लालिगामा ओसासुनाविरुद्धको हारबाट जोगिएको छ । ग्रानडा शुक्रबार राति ओसासुनाको मैदानमा भएको खेलको पहिलो हाफमा १–० ले पछि परेको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा एजिक्विल अभिलाले गरेको गोलसँगै घरेलु टोली ओसासुनाले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतदेखि नै बराबरी गोलका लागि निरन्तर प्रयासरत ग्रानडाले घरेलु टोलीको रक्षापंक्ति छिचोल्न सकेको थिएन ।

यद्यपि, ७४औं मिनेटमा जोसे एन्जलले रातो कार्ड पाएसँगै १० जनामा सीमित भएको ओसासुनाले अग्रता जोगाउन नसक्दा ८९ मिनेटसम्म लिड लिएर पनि जित निकाल्न सकेन ।

बराबरीसँगै १० खेलबाट १८ अंक जोडेको ओसासुन अंक तलिकाको दोस्रो स्थानमा उक्लिएको छ । ९ खेलबाट ७ अंक जोडेको ग्रानडा १७औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *