प्रभु साह निकट दुई पूर्व माओवादी प्रदेश सांसद एमाले केन्द्रीय सदस्य मनोनित – Nepal Press

प्रभु साह निकट दुई पूर्व माओवादी प्रदेश सांसद एमाले केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेकपा (एमाले)ले असन्तुष्ट नेता प्रभु साहलाई मनाउन उनीनिकट दुई जनालाई केन्द्रीय सदस्य नियुक्त गरेको छ।

दुई दिन चलेर आज सकिएको एमाले स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई नियुक्त गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

रौतहटका कुसवाह प्रत्यक्ष निर्वाचित प्रदेश सांसद र बाराका समीर समानुपातिक प्रदेश सांसद थिए । तर, उनीहरुलाई दल त्याग गरेको भन्दै नेकपा माओवादी केन्द्रले कारवाही गरेको थियो ।

साह पछिल्लो समय एमालेभित्र असन्तुष्ट बनेका थिए । ८ बुँदे सर्त राख्दै उनी विधान महाधिवेशनमा पनि सहभागि भएका थिएनन् । तर, एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि उनी सकरात्मक भएका छन्। तर, यो निर्णयमा उपाध्यक्ष भीम रावल भने असन्तुष्ट देखिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर