स्काउटद्वारा टिकापुरका बाढी पीडितलाई राहत वितरण – Nepal Press

स्काउटद्वारा टिकापुरका बाढी पीडितलाई राहत वितरण

धनगढी । नेपाल स्काउट सुदूरपश्चिम प्रदेश कार्यालयले टिकापुरका बाढी पीडितहरूलाई राहत वितरण गरेको छ ।

टिकापुर नगरपालिकाको ८ बटनपुरका विस्थापित परिवारलाई राहत स्वरुप ४० बोरा चामल, २ कट्टा दाल र १०० किलो नुन हस्तान्तरण गरीएको स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाले जानकारी दिए ।

आइतबार बाट परेको झरीले यहाँ ठुलो क्षती पुराएको छ । अझै पनि सयौं बिस्तापित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर