चौधरीलाई पत्रकारिता पुरस्कार

२०७८ कार्तिक ५ गते १९:३२

काठमाडौं । दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कार पत्रकार मदन चौधरीलाई दिइएको छ। दिलिप स्मृति प्रतिष्ठानले सप्तरीमा आयोजना गरेको कार्यक्रममा उनलाई ११ हजार रुपैयाँ राशि रहेको पुरस्कारबाट सम्मान गरिएको हो।
नेकपा एमालेका सचेतक शान्ता चौधरी र प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले नगद र प्रमाणपत्र हस्तान्तरण गरेका थिए। चौधरी विगत डेढ दसकदेखि मूलधारको पत्रकारितामा काम गर्दै आएका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर