ओलीले दुई दिन झापा र मोरङमा बिताउने – Nepal Press

ओलीले दुई दिन झापा र मोरङमा बिताउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन दुई दिनका लागि झापा र मोरङ जाने भएका छन्।

ओलीले झापामा धेरैलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको बताइएको छ। त्यसका लागि आइतबार बिर्तामोडको साई प्यालेसमा कार्यक्रम आयोजना गरिएको छ।

काठमाडौंबाट धेरै सञ्चारकर्मी लिएर झापा जान लागेका ओलीले पृथ्वीनगरमा गएर आफ्ना बुबालाई पनि भेट्ने छन्। त्यस्तै दोस्रो दिन गौरीगञ्जमा क्षेत्र नं. ५ को कार्यक्रममा सम्बोधन गरेर उनी विराटनगर जाने छन् ।

एक रात विराटनगरमै बसेर ओली अर्को दिन काठमाडौं फर्कने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर