शुक्रबार ७०८ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु – Nepal Press

शुक्रबार ७०८ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

९३२ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार देशभर ७०८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५७४ र एन्टिजेन परीक्षणबाट १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जम्मा ९ हजार ३७६ गरिएको नमूना परीक्षणमा ७,२५३ पीसीआर परीक्षण र २,१२३ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा ९३२ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा ५८,८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ९४६ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ८ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ९०५ पुगेको छ ।

हालसम्म ७ लाख ८५ हजार ८१३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३३७ पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर