मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस, आइतबार मतदान हुने – Nepal Press

मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस, आइतबार मतदान हुने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उनले यस सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

लगत्तै सभामुख प्रदीपकुमार भण्डारीले यसमा ७ गते मतदान हुने जानकारी गराउँदै बैठक स्थगित गरेका छन् । एमाले विभाजित भएपछि आचार्य अल्पमतमा परेका छन् ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर