जसपा छाड्ने निष्कर्षमा वीरगञ्ज महानगरका मेयर विजय सरावगी – Nepal Press

जसपा छाड्ने निष्कर्षमा वीरगञ्ज महानगरका मेयर विजय सरावगी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी जनता समाजवादी पार्टी परित्याग गर्ने निष्कर्षमा पुगेका छन् ।

पार्टीको पर्सा जिल्लास्तरीय विस्तारित बैठकमा उनले आफूमाथि अध्यक्ष उपेन्द्र यादवले धोका र अपमान गरेकाले जसपा छाड्न लागेको जानकारी दिएका हुन् ।

तत्कालीन संघीय समाजवादी पार्टीबाट मेयर जितेका सरावगीलाई केन्द्रीय सदस्य बनाउने भनिएकोमा प्रदेशको कोषाध्यक्षबाट समेत हटाइएपछि उनी जसपा छाड्ने निष्कर्षमा पुगेका हुन् ।

सरावगीले आफूलाई पैसा चाहिँदामात्र पार्टी बैठकमा बोलाउने गरिएको भन्दै जसपा अध्यक्ष यादवको व्यक्तिवादविरुद्ध उत्रिन आह्वान समेत गरेका छन् ।

मन्त्री चयनमा यादवले पैसा खाएको भन्दै पर्साबाट निर्वाचित सांसद प्रदीप यादवसमेत उपेन्द्रसँग असन्तुष्ट छन् । प्रदीप यादव पक्षले वीरगञ्जमा उपेन्द्रको पुत्ला समेत जलाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर