कांग्रेस नेतृ यादवद्वारा भासिएको कमला पुल निरीक्षण – Nepal Press

कांग्रेस नेतृ यादवद्वारा भासिएको कमला पुल निरीक्षण

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली कांग्रेसकी कोषाध्यक्ष सितादेवी यादवले हुलाकी सडकअन्तर्गत सिरहा-धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको भासिएको पिलर निरीक्षण गरेकी छन् ।

कार्यकर्ता लिएर यादव भासिएको पुलको निरीक्षण गरेकी हुन् । तोकिएको मापदण्ड अनुसार ठेकेदारले पुल नबनाएको आशंका गर्दै उनले भनिन्, ‘पिलर भासिएको विषयमा छानबिन गरी दोषी पत्ता लगाउनुपर्छ । र, अविलम्ब पुल निर्माण गर्नुपर्छ ।’

संघीय सांसद समेत रहेकी उनले प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग समेत पुल निर्माणको लागि आग्रह गर्ने प्रतिबद्धता जनाइन् ।

बुधबारको बाढीले धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको छ । यसअघि १७ असारमा तीनवटा पिलर भासिएको थियो ।

पुल निर्माणको ठेक्का २०६८ मै पप्पु-लुम्बिनी जेभीले पौने २५ करोडमा लिएको थियो । तर, पछि पप्पुले काम छाडेपछि लुम्बिनी विल्डर्सले ९९ प्रतिशत काम सम्पन्‍न गरिसकेको बेला पिलर भासिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *