विपद्‍पीडितलाई राहत दिने कर्णाली सरकारको निर्णय – Nepal Press

विपद्‍पीडितलाई राहत दिने कर्णाली सरकारको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले विपद्बाट भएको क्षतिको मूल्यांकन गरी राहत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले क्षतिको एकिन विवरण संकलन गरी अन्नबालीमा क्षति पुगेका कृषकहरूलाई क्षतिपूर्ति साथै विपद्‍बाट मृत्यु भएकाका परिवारलाई राहतको व्यवस्था गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता सीता नेपालीले बताइन् ।

बैठकले बाढीपहिरोलगायतको विपद्‍मा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद् दुर्घटना बीमाबाट प्राप्त हुने दुई लाख तत्काल उपलब्ध गराउने र विपद्‍मा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने उनले जानकारी दिइन् ।

त्यस्तै, विपद्‍बाट अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाइ र विद्युत पूर्वाधारलगायतका आयोजना मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माण गर्ने निर्णय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर