ब्याजदर घटाउन राष्ट्र बैंकले दिएकाे निर्देशनप्रति चेम्बरकाे स्वागत – Nepal Press

ब्याजदर घटाउन राष्ट्र बैंकले दिएकाे निर्देशनप्रति चेम्बरकाे स्वागत

काठमाडौं । राष्ट्र बैंकले ब्याज घटाउन दिएको निर्देशनको नेपाल चेम्बर अफ कमर्सले स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको विज्ञप्ती अनुसार निक्षेपको उच्च ब्याजदरमा नियन्त्रणको लागि परिपत्र गरेको विषयमा नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको छ ।

वित्तिय प्रणालीमा तरलताको अभावको समस्या चुलिएपछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएको समयमा राष्ट्र बैंकले व्याजदर वृद्धिलाई नियन्त्रण गरेको थियो । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशतभन्दा माथि नलान भनेको छ ।

ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा १ प्रतिशत विन्दुले कम हुनु पर्ने व्यवस्था गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *