चितवनको रत्ननगर अस्पतालमा मध्यराति तोडफोड – Nepal Press

चितवनको रत्ननगर अस्पतालमा मध्यराति तोडफोड

चितवन । पूर्वीचितवनको रत्ननगर बकुलहर अस्पतालमा तोडफोड गरिएको छ । राति पौने १२ बजे दुई युवाहरूले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन् ।

हातमा सामान्य चोट लागेर उपचार गर्न आएका दुई युवाले उपचारमा ढिलाइ भएको भन्दै तोडफोड गरेका हुन् । अपरिचित ती युवाले सुरक्षागार्डलाई समेत हातपात गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

तोडफोडबाट अस्पतालको नयाँ भवनको एउटा ढोकाको सिसा फुटेको छ भने कुर्सि भाँचिएका छन् । प्रहरीले युवाहरूले प्रयोग गरेको एउटा ‘अनटेष्ट’ मोटरसाइकल नियन्त्रणमा लिएका छन् ।

सीसी क्यामेरा फुटेजमा युवाहरूको हुलिया पहिचान भइसकेको र उनीहरूलाई छिट्टै पक्राउ गरिने डीएसपी रानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर