एएफसी यु-२३ एसियन कप छनोट: नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै – Nepal Press

एएफसी यु-२३ एसियन कप छनोट: नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । ताजिकिस्तान भ्रमणमा रहेको नेपाली यु-२३ राष्ट्रिय फुटबल टोलीले आज इन्डोनेसियाको यु-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यु-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छोटो समयमा निर्माण भएको टोलीमा ६ राष्ट्रिय खेलाडी भए पनि उनीहरूले बाँकी यु-२३ टोलीसँग अभ्यास गर्न पाएका थिएनन् ।

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूह को अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।

छनोटका ११ समूहको शीर्ष टोली सहित उत्कृष्ट चार टोलीले एएफसी यु-२३ एसियन कप खेल्ने मौका पाउनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ ।

नेपाली टोली: अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दीप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज जेउ ठकुरी, आयुस घलान, शेशेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहरी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *