यस्तो छ एमाले महाधिवेशन मूल व्यवस्थापन समिति (सूचीसहित) – Nepal Press

यस्तो छ एमाले महाधिवेशन मूल व्यवस्थापन समिति (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा चितवनकै नेताहरु धेरै समेटिएका छन् ।

एमाले प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् ।

त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक-एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको ज्ञवालीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर