वागमती प्रदेश : मुख्यमन्त्री शाक्यको छिनोफानो कात्तिक १० गते – Nepal Press

वागमती प्रदेश : मुख्यमन्त्री शाक्यको छिनोफानो कात्तिक १० गते

काठमाडौं । वागमती प्रदेशसभाको बैठक कात्तिक १० गते बस्ने भएको छ ।

दलीय धारणापछि सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मत माग्ने प्रस्तावमाथिको बाँकी प्रक्रिया १० कात्तिक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अघि बढ्ने जानकारी दिए ।

आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलका नेताहरूले धारणा राखेका छन् ।

दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

विश्वासको मतदानमाथि आजै मतदान हुने भनिए पनि पार्टीको वार्ड तथा पालिका अधिवेशनका कारण एमालेले बैठक स्थगित गर्न अनुरोध गरेको थियो । तर, आज १ बजेका लागि तोकिएको बैठक ३ बजे सारेर एमालेसहितको सहभागितामा अर्को दिन प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर