राजेन्द्र पाण्डेको कटाक्ष- अष्टलक्ष्मीजी प्रतिगमनको कित्तामा उभिएकाले सहयोग गर्न सकेनौं (भिडि‌ओ) – Nepal Press

राजेन्द्र पाण्डेको कटाक्ष- अष्टलक्ष्मीजी प्रतिगमनको कित्तामा उभिएकाले सहयोग गर्न सकेनौं (भिडि‌ओ)

हेटौडा । नेकपा समाजवादीका उपाध्यक्ष एवं वागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहविरुद्ध बनेको गठबन्धनले संविधान र लोकतन्त्र जोगाउने गरी काम गर्ने बताएका छन् ।

वागमती प्रदेशसभामा बोल्दै पाण्डेले प्रतिगमनकारी कित्तामा उभिएका कारण वर्तमान प्रदेश सरकार फेर्नुको विकल्प नरहेको बताए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफैं प्रतिगमनविरुद्ध लडेको भए पनि अन्तिममा सोही कित्तामा उभिएकोले साथ दिन नसकेको बताए ।

‘हिजो अष्टलक्ष्मीजीलाई मुख्यमन्त्री प्रस्ताव गरेर डोरमणिजीविरुद्ध उभ्याउने हामी नै हौं । आज उनै डोरमणिले गरेका कामको फेहरिस्त सुनाएर अष्टलक्ष्मीजीले निवेदन गरेजस्तै लाग्यो’, पाण्डेले भने ।

उनले अल्पमतमा परेको ३९ दिनसम्म मुख्यमन्त्रीको कुर्सीमा टाँस्सिएर बस्नु अशोभनीय भएको भन्दै पाण्डेले शाक्यलाई राजीनामा दिन सुझाव दिए । पाण्डेले गठबन्धनका तर्फबाट आफूलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएकोमा धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर