ईन्द्र बानियाँ भन्छन्- वागमतीमा गठबन्धन सरकार बन्छ, जनताको काम गर्छ (भिडिओ) – Nepal Press

ईन्द्र बानियाँ भन्छन्- वागमतीमा गठबन्धन सरकार बन्छ, जनताको काम गर्छ (भिडिओ)

हेटौंडा । नेपाली कांग्रेस वागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्र बानियाँले नयाँ बन्ने गठबन्धन सरकारले जनभावना अनुसार काम गर्ने बताएका छन् ।

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावउपर धारणा राख्दै बानियाँले एमाले सरकारले कागजमा नारा लेखेपनि व्यवहारमा उतार्न नसकेको आरोप लगाए ।

‘मुख्यमन्त्रीजीले यो गर्‍यौं , त्यो गर्‍यौं भन्नुभयो तर ती सबै कागजमै सीमित छन् । अब हामी सरकार बनाउँछौ जनताका काम यथार्थमै गर्छौ’, बानियाँले भने । उनले मुख्यमन्त्री शाक्यले प्रक्रिया लम्ब्याउनुभन्दा राजीनामा दिनु उपयुक्त हुने बताए ।

‘गठबन्धनको पक्षमा स्पष्ट बहुमत छ । अब यो प्रक्रिया २-५ दिन लम्ब्याएर केही हुँदैन । मार्गप्रशस्त गरेको भए राम्रो हुन्थ्यो’, बानियाँले भने ।

संघदेखि प्रदेशसम्म गठबन्धनमा कांग्रेस इमान्दार रहेको भन्दै बानियाँले संविधान जोगाउन बनेको गठबन्धनले नै अब वागमतीमा सरकार चलाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर