नेपालले सीमा विवाद झिकेकै ठाउँमा चीनद्वारा स्वास्थ्य सहायता प्रदान – Nepal Press

नेपालले सीमा विवाद झिकेकै ठाउँमा चीनद्वारा स्वास्थ्य सहायता प्रदान

काठमाडौं । चीनले नेपाल सीमावर्ती हुम्ला जिल्लालाई स्वास्थ्य सहायता प्रदान गरेको छ । चिनियाँ परराष्ट्र मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रले ती सहायता प्रदान गरेको काठमाडौंस्थित दूतावासले जनाएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै हुम्लामा चीनले सीमा अतिक्रमण गरेको भन्दै छानविन समिति गठन गरेको थियो । यसैसाता चिनियाँ समकक्षी वाङ यीसँग कुरा गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले पनि सीमा समस्यालाई समाधान गर्नेबारे कुरा गरेका थिए ।

सरकारले सीमा विवाद उछालेपछि चीनले कुनै विवाद नरहेको बताएको थियो । सरकारले विवाद झिकेको हुम्ला सीमामै चीनले स्वास्थ्य सहायता प्रदान गरेर कुनै विवाद नरहेको बरु सीमावार सहायता प्रदान गरेको सन्देश दिन खोजेको छ ।

राजदूत होउ यान्छीले लेखेकी छिन् : यो सीमा सहायता महामारीविरुद्ध एक भएर लड्ने हाम्रो महत्वपूर्ण पक्ष हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर