काठमाडौं उपत्यकामा २१४ संक्रमित थपिए, मुस्ताङ र मुगुमा संक्रमण शून्य – Nepal Press

काठमाडौं उपत्यकामा २१४ संक्रमित थपिए, मुस्ताङ र मुगुमा संक्रमण शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा १४७, भक्तपुरमा १६ र ललितपुरमा ५१ जना छन् ।

यस्तै उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ सय ८५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म उपत्यकामा मात्र ३ हजार २९१ जनाको मृत्यु भइसकेको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा ५०० भन्दा बढी संक्रमित छन् भने १४ जिल्लामा २०० भन्दा वढी संक्रमित छन् ।

मुस्ताङ र मुगुमा शून्य संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर