हाँडीगाउँकाे जात्रा ! (तस्बिरहरु) – Nepal Press

हाँडीगाउँकाे जात्रा ! (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा सत्यनारायणको जात्रा मनाइएको छ । बिहीबार टोल टोलमा रथ परिक्रमा गराएर जात्रा मनाइएकाे हाे ।

हरेक वर्ष बडादशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रामा त्रिदेव ब्रह्मा, विष्णु र महेशको पूजा गरी विशेष प्रकारको रथ (खट) घुमाउने परम्परा छ। जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ ।

यो जात्रा हेर्न मानिसहरु घुइँचो हुने गरेको छ । अन्य जात्रामा भन्दा फरक तरिकाले जात्रा मनाउने भएकाले पनि यस जात्रालाई कँही नभएको जात्रा हाँडीगाउँमा भन्ने उपनामले चिन्छिन् ।

तस्विरहरु : सराेज बैँजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर