बिहीबार ५४५ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु – Nepal Press

बिहीबार ५४५ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४७० र एन्टिजेन परीक्षणबाट ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५४९ गरिएको परीक्षणमा ६५८६ पीसीआर र १९६३ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा ७२६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा २३५६८ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ७ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ७७१ पुगेको छ ।

हालसम्म ७ लाख ८८ हजार ८८१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३२६ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर