सीएसएको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित – Nepal Press

सीएसएको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित

काठमाडौं । विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपो र द कनेक्टिविटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्स सम्मिलित भएको घोषणा गरेको छ ।

नयाँ भूमिका अन्तर्गत ओपोले प्रमुख सदस्यका रुपमा ईन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्टिविटी प्रोटोकल मामिला, म्याटरको विकासका तथा चीनमा प्राटोकलको प्रर्वधनका लागि अग्रणी भूमिका निभाउने जानकारी दिइएको छ ।

सीएसएद्वारा विकसित तथा निरन्तरता दिइएको म्याटर ‘कनेक्टेड थिंग्स’ को जग हो । यसले प्रयोगकर्ताहरुलाई विभिन्न आईओटी उपकरणहरु एकअर्कामा कनेक्टेड राख्ने कार्यमा सहज प्रयोगकर्ता अनुभव प्रदान गर्छ ।

सीएसएको बोर्ड सदस्यका रुपमा ओपोले म्याटर वर्किंग गुप्रलाई अत्यधिक कम्प्याटिवल आईओटी ईकोसिस्टम निर्माणका लागि महत्वपूर्ण योगदान प्रदान गर्दै पार्टनरहरुसँगको सहकार्य मार्फत एलायन्सको प्राटोकल विकासलाई तिब्रता दिनेछ ।

नयाँ मानकको स्थापना तथा म्याटरमा आधारित नयाँ प्रोटोटाइपको विकास लगायत क्षेत्रमा सघाउने छ । ओपोले एलायन्सका प्रविधिहरु आफ्ना आईओटी प्रणाली तथा उत्पादनमा अंगीकरण गर्दै चीन लगायत अन्य क्षेत्रमा सीएसएको प्रबद्र्धन मार्फत कनेक्टिविटीको भविस्य ट्रान्सफरमेशनका लागि काम गर्नेछ ।

साथै, ओपोले अन्य सीएसए सदस्यहरुसंग आफ्नो सहकार्यलाई बढावा दिँदै भरपर्दो, सुरक्षित र त्रुतिरहित मल्टि—सिनेरियो कन्भर्जेन्ट आईओटी अनुभव प्रयोगकर्तालाई दिने छ ।

‘म्याटरको विकास तथा आईओटी उत्पादन मार्फत आफ्ना प्रयोगकर्तालाई सुदृढ अनुभव प्रदान गर्न सीएसएको बोर्ड अफ डाइरेक्टर्समा सम्मिलित हुन पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ’, ओपोको स्ट्यान्डर्ड्स रिसर्च विभागका निर्देशक निल यांगले भने, ‘ ५० भन्दा अधिक देश मार्फत आईओटी तथा मार्केटिंगमा आर्जित हाम्रो वैश्विक विशेषज्ञता चीन लगायत क्षेत्रमा म्याटरको प्रबद्र्धनका लागि प्रदान गर्नेछौँ । सीएसए तथा यसका सदस्यहका साथमा हामी आईओटीको भविस्यलाई आकार दिनुका साथै, हरेक प्रयोगकर्तालाई सुदृढ अनुभव प्रदान गर्ने आईओटी उत्पादनको निर्माणका लागि प्रतिबद्धतालाई पनि निरन्तरता दिनेछौँ ।’

सबैका लागि त्रुतिरहित कनेक्टिविटी र अत्याधुनिक आईओटी अनुभव उपलब्ध गराउने आफ्नो उद्देश्य अनुसार ओपोले सीएसए तथा वैश्विक आईओटी समुदायसँगको आफ्नो सहकार्यलाई अझ प्रगाढ बनाउँदै खुला तथा दिर्घकालिन आईओटी ईकोसिस्टम निर्माणका लागि आफ्नो तत्परतालाई निरन्तरता दिइरहने प्रतिबद्धता ब्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर