सभापतिमा दावी गर्दै सिंहले भने- असफल नेतृत्व दोहोरिनु हुँदैन – Nepal Press

सभापतिमा दावी गर्दै सिंहले भने- असफल नेतृत्व दोहोरिनु हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असफल नेतृत्व दोहोरिए पार्टीलाई हानी हुने बताएका छन् । नेपाली कांग्रेस धुनीवेशी नगर कार्यसमितिको कार्यालय उद्घाटन गर्दै नेता सिंहले अवसर पाएरपनि काम गर्न नसक्ने नेतालाई नेतृत्व सुम्पिन नहुने बताएका हुन् ।

‘पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन सक्षम नेतृत्व आवश्यक छ । अवसर पाएर पनि गतिलो काम गर्न नसक्ने नेतालाई पार्टीको नेतृत्व दिनुहुँदैन’, सिंहले भने ।

उनले १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित हुनु गम्भीर रहेको भन्दै तोकिएकै मितिमा महाधिवेशन गर्न नेतृत्व जिम्मेवार बन्नुपर्ने बताए । अधिवेशन समयमै गर्न नसक्ने कांग्रेसले देशको नेतृत्व गर्न नसक्ने भन्दै सिंहले १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन अपरिहार्य रहेको सिंहको भनाइ छ ।

आफू सभापतिको दाबेदार रहेको भन्दै सिंहले गणेशमानको परिवारले सधैँ त्याग्नुपर्छ भन्ने मानसिकता गलत भएको बताए । ‘म आफ्नै बुताले राजनीतिमा संघर्ष गरेको व्यक्ति हुँ । गणेशमानको छोरा भएकोले मात्रै दावी गरेको होइन । १४ औं महाधिवेशनमा सभापति बनेर पार्टीलाई सुदृढ बनाउँछु’, सिंहले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर