च्याम्पियन्स लिगः बार्सिलोनाको जितमा पिकेको गोल निर्णायक – Nepal Press

च्याम्पियन्स लिगः बार्सिलोनाको जितमा पिकेको गोल निर्णायक

एजेन्सी । डिफेण्डर जेरार्ड पिकेले गोल गरेपछि युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नयाँ सिजन समूह चरणमा बार्सिलोनाले पहिलो जित निकालेको छ ।

यसअघिका दुवै खेलमा पराजित भएको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई १–० ले हराएर समूह ईमा अंकको खाता खोलेको हो । यसअघि बायर्न म्युनिख र बेनफिकासँग समान ३–० गोलअन्तरमा पराजित भएको थियो ।

खेलको ३६औं मिनेटमा जोर्डी अल्वाको क्रसमा पिकेले उत्कृष्ट भली गोल गरेका थिए । यो जितले उसको नकआउट चरण प्रवेशको सम्भावना जीवित बनाएको छ ।

बार्सिलोना समूहको तेस्रो स्थानमा छ । शीर्ष स्थानको बायर्न शतप्रतिशत जितबाट ९ अंकसहित शीर्ष स्थानमा छ । पोर्चुगिज बेनफिकाको ४ र बार्सिलोनाको ३ अंक छ ।

यो जितले बार्सिलोनाका प्रशिक्षक रोनाल्क कोम्यानमाथिको दबाब केहि हदसम्म कम गरेको छ । तर निमिट्यान्न भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *