बुधबार ६६२ कोभिड बिरामी थपिए, १३ जनाको मृत्यु – Nepal Press

बुधबार ६६२ कोभिड बिरामी थपिए, १३ जनाको मृत्यु

मुस्ताङ र मुगुमा संक्रमण शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ६६२ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।

८४२६ कूल परीक्षण (७०२२ पीसीआर र १४०४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधीमा ७५८ जना डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौं उपत्यकामा २५३ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्म ११ हजार ५७९ जना सक्रिय संक्रमित छन् । प्रवक्ता पौडेलका अनुसार मुस्ताङ र मुगु जिल्ला कोरोना संक्रमण शून्य बनेका छन् । मुलुकको औषत संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर