कान्तिपुर मलको तिहार–छठ विशेष प्याकेजः भारी छुटदेखि उपहारसम्म


काठमाडौं । कान्तिपुर मलले दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी विशेष प्याकेज ल्याएको छ । मलले पर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ।
मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् । उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुनेछ।
उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार मेमाको ४२ इन्चको टेलिभिजन ,चौथो पुरस्कार भिडियोकनको १९० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कार पनि राखिएका छ्न् ।
यसैगरी मलले टिकटक प्रतिस्पर्धा पनि आयोजना गरेको छ। जसअन्तर्गत मलमा आएर टिकटक बनाउने टिकटकरमध्येबाट उत्कृष्ट १० जनालाई विशेष पुरस्कार प्रदान गरिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले बताए ।
टिकटक प्रतिस्पर्धामा भाग लिन चाहनेले भने कान्तिपुर मलको मुल भागमा राखिएको पुरस्कार अगाडी बसेर टिकटक बनाउनुपर्ने हुन्छ साथै आफ्नो टिकटक आईडी त्यहाँ रहेको खातामा टिपाउनु पर्ने हुन्छ।
कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी प्रेम पौडेलले बताए ।
मलमा वित्तीय संस्था, सैलुन, गुदपाक, लत्ताकपडा, ईलेक्ट्रोनिक्स आईटम, रेस्टुरेन्टलगायतका सेवासुविधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटुवालले बताए ।