नेकपा एसका तीन केन्द्रीय सदस्य एमालेको प्रदेश कमिटीमा फर्किए – Nepal Press

नेकपा एसका तीन केन्द्रीय सदस्य एमालेको प्रदेश कमिटीमा फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुईजना केन्द्रीय सदस्य एमालेमै फर्किएका छन् ।

रामेछापका झम्क कडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसीलाई नेकपा एसले हालैमात्र ३३५ सदस्यीय केन्द्रीय कमिटीमा समेटेर कार्यविभाजन समेत गरेको थियो । केसी भने सल्लाहकार सदस्यमा थिए ।

तीनैजना बुधवार आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी भएको अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनीहरू एमालेको प्रदेश कमिटी सदस्यमा थिए ।

पाँच दिनमै उनीहरू नेकपा एसको जिम्मेवारी छाडेर एमालेको प्रदेश कमिटीमा सक्रिय भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर