धनुषा र सिरहामा यसरी मनाइयो ‘मोहम्मद डे’ (तस्बिरहरु) – Nepal Press

धनुषा र सिरहामा यसरी मनाइयो ‘मोहम्मद डे’ (तस्बिरहरु)

जनकपुरधाम । धनुषा र सिरहाका मुस्लिम धर्मावलम्बीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती मनाएका छन् ।

‘मोहम्मद डे’ भनिने मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा जनकपुरधाम र सिरहाको मिर्चैयामा मुस्लिम समुदायले विशाल र्‍याली निकालेका हुन् । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्मजयन्ती मनाउने गरिन्छ ।

इस्लामी पात्रो अनुसार मंगलबार नै ‘मोहम्मद डे’ थियो । जनकपुरधामका मुस्लिम अगुवा जानी खान भन्छन्– विदेशमा हिजै मोहम्मद डे मनाइयो । तर विदेश र नेपालको समय फरक छ । त्यसैले हामीलेआज मनाएका छौं ।

मोहम्मद डेको अवसरमा सरकारले हिजो विदा समेत दिएको थियो ।

उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम समुदायका अगुवाहरु बताउँछन् । जसलाई मुस्लिम समुदायले जलसा ईद मिलादुन नवी, तकरिर भन्दछन् ।


प्रतिक्रिया

One thought on “धनुषा र सिरहामा यसरी मनाइयो ‘मोहम्मद डे’ (तस्बिरहरु)

  1. धेरै राम्रो छ एउटा बलात्कारीको jannma din नेपालमा मनाउँदैछन् जहाँ janmu payo उहाँ त उसको जन्मदिन मनाउँदैन किनकी त्यो balat kari थियो एउटा बलत्कारी को जन्मदिन नेपालमा मनाउँदैछ धन्यबाद नेपाल सरकारलाई हाम्रो भगवान बुद्धको jandin मनाउदै बिदेशी कालचार हामी नेपालीमाथि थोपिदाय छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर