मेरापिक हिमाल चढ्न गएका तीन नेपालीसहित एक बेलायती आरोही बेपत्ता – Nepal Press

मेरापिक हिमाल चढ्न गएका तीन नेपालीसहित एक बेलायती आरोही बेपत्ता

काठमाडौं । ६,४७६ मिटर अग्लो मेरापिक हिमाल आरोहण गर्न गएका तीनजना नेपाली र एक बेलायतीसहित चारजना आरोही सम्पर्कविहीन भएका छन् ।

सो क्षेत्रमा परेको भारी हिमपातपछि उनीहरु हराएको नेपाल पर्वतारोहण संघले जनाएको छ । संघबाट अनुमति लिएर २ वटा आरोहण टोली त्यसतर्फ गएको थियो ।

उनीहरु असोज २२ गते त्यसतर्फ प्रस्थान गरेको र कात्तिक ७ गते फर्कने योजनासहित मेरापिक हिमालतर्फ लागेका थिए ।

दुई समूहमध्ये एउटामा १५ जना नेपाली आरोही संलग्न थिए । उनीहरु अग्लो भूभागमा नाचेर विश्व कीर्तिमान कायम गरेपछि फर्कँदै थिए । आउँदै गर्दा हिमपात भएपछि ३ जना ओढारमै बसेका थिए भने अन्य फर्किएका थिए ।

जीपीएस ट्रयाकमार्फत ती तीनजना आरोही ओढारमै बसेको भेटिएपनि त्यसपछि भने उनीहरु सम्पर्कबिहीन भएको जनाइएको छ । हराएकामा अर्का एकजना भने नेपाली गाइडसँग गएका बेलायती आरोही छन् । नेपाली गाइड भने भेटिएको जनाइएको छ ।

हराएकाहरुको खोजी कार्य भैरहेको पर्वतारोहण संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *