वर्षाबाट पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिन नेकपा एसको माग – Nepal Press

वर्षाबाट पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिन नेकपा एसको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वर्षाबाट बालीमा पुगकेो क्षतिको मूल्यांकन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिन सरकारसमक्ष माग गरेको छ ।

पछिल्लो समय डुबान, सडक दुर्घटना, वर्षाका कारण भएको विपद्प्रति दु:ख व्यक्त गर्दै सो पार्टीले प्राकृतिक विपद्को व्यवस्थापन तथा न्युनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाइ कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएको छ ।

नेकपा एसका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एक विज्ञप्ति जारी गर्दै विपद्‍मा परी समस्यामा परेका नागरिकको उपचार, राहत र उद्धारका निम्ति देशभरका पार्टी कमिटी एवं जनसंगठनलाई सम्पूर्णरूपमा परिचालित हुन अध्यक्ष माधवकुमार नेपालले निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।

‘वर्षाकै कारण नेपाली कृषक जनताको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने कार्य प्रभावित भएको छ । काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धान क्षति हुँदा नेपाली कृषक समुदाय पीडामा छन्’, विज्ञप्तिमा भनिएको छ’, कृषक जनताको यो पीडामा नेकपा (एकीकृत समाजवादी) साथमा रहेको पनि हामी स्पष्ट पार्दछौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर