प्रधानमन्त्रीलाई गगनको सुझाव- विपद्‍मा परेका जनताको अभिभावक बनेर देखाउनुस् – Nepal Press

प्रधानमन्त्रीलाई गगनको सुझाव- विपद्‍मा परेका जनताको अभिभावक बनेर देखाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्राकृतिक विपद्का कारण समस्यामा परेका जनताप्रति उत्तरदायी बन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता थापाले लगातारको वर्षाका कारण देशका कयौं ठाउँमा समस्यामा परेका जनतालाई सरकारले अभिभावक भएको आभास दिलाउने बेला आएको बताएका हुन् ।

‘यो बेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने । प्रधानमन्त्रीज्यू, आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्, दुःखमा समानुभूतिको महसुस गराउनुहोस्’, थापाले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *