वडा र पालिका अधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक बस्दै – Nepal Press

वडा र पालिका अधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले कात्तिक ६ बाट शुरु हुने वडा र पालिका अधिवेशनको लागि आवश्यक नीतिगत निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि महासचिव ईश्वर पोखरेलले विहीवारका लागि बै७क बोलाएका हुन् ।

विधान महाधिवेशनको समिक्षा समेत गर्नेगरि बस्न लागेको बैठकले तल्ला तहका अधिवेशनहरुको लागि केन्द्रबाट दिइने मार्गदर्शन तथा १० बुँदे कार्यन्वयनमा समस्या भएका ठाउँहरुको बारेमा समेत टुंगो लगाउनेछ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरमा हुँदैछ । विधान महाधिवेशनपछि पहिलो पटक बस्न लागेको बैठकमा समग्र विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर